झापा । 

वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुको काम कारोबार रोक्का गर्ने भएको छ ।  जनशक्ति तथा पुर्वाधार पूरा गरी विभागमा विवरण पेश नगर्ने संस्थाहरुको काम कारोबार रोक्का गर्ने भएको बिहीवार (आज) सूचना जारी गरी जानकारी दिएको हो । 

अभिमुखीकरण तालिम संचालन कार्यविधि २०७६ अनुसार गत असोज ७ गतेमा भएको दोश्रो संशोधनको दफा ५ (३) को प्रयोजनार्थ विभागमा दर्ता भई सञ्चालनमा रहेका अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुलाई  आगमी पुस १९ गते भित्र विवरण पेश गर्न बिभागले आग्रह गरेको छ । 

उक्त कार्यविधिमा तोकिएको जनशक्तिका अतिरिक्त पुर्वाधार तयार भएको स्पष्ट योग्यता र प्रमाण विभागको अनुगमन शाखामा पेश गर्न सम्बन्धित संस्थाहरुलाई बिभागले सूचितसमेत गरेको छ ।

बिभागका निर्देशक कविराज उप्रेतीद्धारा हस्ताक्षरित सूचनामा समयमा अभिमुखीकरण तालिम प्रदायक संस्थाको कारोबार रोक्का गर्ने उल्लेख छ । 

Notice_2