झापा । 

मलेशियाले विदेशी कामदार घटाउने भएको छ । अर्थमन्त्री रफिजी रामलीले सन् २०२४ मा  विदेशी कामदार घटाउने मुख्य लक्ष्यमा सरकारको ध्यान केन्द्रित हुने बताएका छन् । अर्थमन्त्री रफिजीले आगामी वर्ष श्रम बजार सुधारमा मलेशिया सरकारले थप ध्यान दिने बताएका हुन् ।

प्रगतिशील पारिश्रमिक संरचना यसको एउटा हिस्सा भएको तर कसरी विदेशी कामदारमाथिको निर्भरतालाई क्रमशः घटाएर स्थानीय कामदारलाई प्रयोग गर्नेतर्फ उन्मुख हुने भन्ने विषयमा सन् २०२४ भर केन्द्रित हुने अर्थमन्त्रीरामजीले एक कार्यक्रमकाबिच बताएका हुन् ।  

 केही दिनअघि मलेसियाका मानव संशाधन मन्त्री वी शिवकुमारले पनि सन् २०२४ मा विदेशी कामदारको नयाँ भर्ना फ्रिज गर्ने निर्णय अझै पनि यथावत रहने बताएका थिए । 

मलेशियामा हाल विदेशी कामदारको चाप बढी भएको र भारतीय मूलका मलेसियाली जन संख्या २० लाख भन्दाबढी भइसकेको भन्दै सञ्चारमाध्यमबाट विदेशी कामदार भित्र्याउने सरकारी नीतिको आलोचना भएको छ ।

मलेशियामा गत मार्चदेखि विदेशी कामदारको नयॉ एप्रुभल दिइएको छैन । त्यस कारण मलेशियामा ठूलादेखि मध्यमस्तरका रोजगारदाता विदेशी कामदार अभावले व्यवसाय सञ्चालनको समस्यामा रहेको बताएका छन् ।