झापा । 

बैदेशिक रोजगार ब्यवसायी तथा ओशो रिक्रुटिङ म्यानपावर प्रालिका सञ्चालक लक्ष्मण विश्वासहित दुई जना पक्राउ परेका छन् । नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-९ घर भइ हाल नयाँ बानेश्वर काठमाडौं बस्दै आएका लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० की ४० वर्षीया सोफी मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका लागि साउदी अरब पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूले ओम बाबु साहलाई वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिन १ लाख २५ हजार रुपैयाँ लाग्ने र साउदी अरब पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै पटक–पटक गरी एक लाख २५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले दाबी गरेको छ ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । पक्राउ परेका विश्वालाई भने रिहा गरिएको छ । इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीलाई एक्कासी पक्राउ गरिएकोप्रति व्यवसायीहरुले आपत्ति जनाएका छन् ।