झापा । 

वैदेशिक रोजगार विभागमै एक जना वैदेशिक रोजगार व्यवसायी कुटिएका छन् । केपी इन्टरनेशनल ओभरसिजका सञ्चालक निर्मलराय अमातमाथि विभागको ताहाचलका निर्देशकको कार्यकक्षमा कुटपिट भएको हो ।

केपी इन्टरनेशनलबाट वैदेशिक रोजगारीको क्लिनर भिसामा कुवेत गएर फर्किएकी एक युवतीले दिएको उजुरीमाथि उद्धार तथा राहत समन्वय शाखाका निर्देशक लोकनाथ भुसालको कार्यकक्षमा बिहीबार छलफल भइरहेको अवस्थामा अमातमाथि हातपात भएको थियो ।

म्यानपावर सञ्चालक अमातले आफ्नो म्यानपावरबाट एक जनामात्र फर्केको र अन्य म्यानपावर कम्पनीबाट कुवेत गइ फर्केका महिलाहरु अनधिकृत महिलाको समेत हुल बनाएर आएर छलफल भइरहेको अवस्थामा आफूमाथि हातपात भएको बताए । हातपातपछि उनीहरू कार्यालयबाट बाहिरिएको उनले बताए । यस बिषयमा बिभाले भने केही बोलेको छैन ।