झापा । 

खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा जान लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसमक्ष माग गरिएको छ । कार्यक्रममा विज्ञहरुले संविधानले लैङ्गिक विभेदको अन्त्य गरेको अवस्थामा सरकारले विभिन्न अड्चन देखाएर रोजगारीमा जान प्रतिबन्ध लगाएकोप्रति आपत्ति जनाएका हुन् । 

अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमका बत्ताहरुले तत्काल उक्त अव्यवहारिक निर्णय परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् । 

 कार्यक्रममा श्रम तथा आप्रवासन क्षेत्रका अनुसन्धानकर्ता रामेश्वर नेपाल, सत्तारुढ नेपाली कांग्रेसकी सांसद रमा कोइराला, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती, आप्रवासी महिला समूहकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले आ–आफ्ना भनाई प्रस्तुत गरेका थिए ।