बिर्तामोड ।

झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ । उपाचारका क्रममा एक जना विरामीको मृत्यू भएपछि विरामी पक्षका आफन्तहरुले अस्पतालमा नारावाजी गरिरहेका छन् ।

विरामीको उपचारमा लापरबाही भएको आरोप लगाउदैं विरामी पक्षले उपचारका संलग्नमाथि कारबाहीको माग गरिरहेका छन् । अस्पतालमा भीड बढेपछि प्रहरी सुरक्षा बढाइएको छ । बिर्तामोड ३ निवासी नर्वदा बाँस्कोटाको उपचारको क्रममा मृत्यू भएको परिवारको आरोप छ ।

खुट्टा सुन्निएर सोमवार विहान उपचारका लागि भर्ना गरिएको विरामीको साँझतिर मृत्यूकका भान्जा युबराज घिमिरेले जानकारी दिए ।

विरामीको के कारणले मृत्यू भएको अस्पतालले सार्वजनिक गरिसकेको छैन ।

अहिले सोहि विषयमा इलाका प्रहरी कार्यालय अनारमनीमा छलफल चलिरहेको मृतकका भान्जा घिमिरेले जानकारी दिए । उनले मृतकको २ जना साना नानी समेत भएकाले त्यसलाई केन्द्रमा राखेर छलफल गर्ने जानकारी दिए ।
अस्पताल प्रशासनसँग प्रहरी रोवरमा छलफल चलिरहेको छ ।