झापा । 

बैदेशिक रोजगारी, अध्ययन तथा शान्ति सेना मिसनका लागि बिदेश जानेले अव तीनदिन भित्र सवारी चालक अनुमतीपत्र (लाइसेन्स) पाउने भएका छन् ।  शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना र प्रहरीहरूलाई पनि तीन दिनभित्र लाइसेन्स दिने यातायात व्यवस्था विभागले जनाएको छ । 

विभागले बुधबार एक सूचना जारी गर्दै तीन दिन भित्र ड्राइभिङ लाइसेन्स दिन सकिने जानकारी दिएको हो । विभागले पुस १५ गतेदेखि शीघ्र प्रिन्टका लागि अनलाइन लाइसेन्स प्रणालीको पोर्टलमार्फत आवेदन दिन सकिने जनाएको छ ।

 विभागले निवेदन स्वीकृत भएको मितिदेखि तीन दिनभित्र स्मार्ट कार्ड दिने प्रतिबद्धता व्यक्त गरेको छ । विदेशमा सवारी चालकको रोजगारी प्राप्त हुने, तर हातमा सीप र अनुभव भएपनि लाइसेन्स नहुँदा वैदेशिक रोजगारीमा जान चाहनेहरू समस्यामा रहेका छन्