बिर्तामोड । 

झापाको बिर्तामोडमा एसएमएस कर्पोरेशन सञ्चालनमा आएको छ । जापान जाने नेपाली युवायुवतीलाई शीपमुलक तालिम तथा भाषाको प्रशिक्षण दिने उदेश्यले  एसएमएस कर्पोरेशन सञ्चालनमा आएको हो । 

कर्पोरेशनको उद्घाटन उद्योगी तथा व्यवसायी साथै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सुवास भट्टराईले सोमवार (आज) गरेका हुन् । कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत महेश लुईटेलको अध्यक्षता तथा अतिथिलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रवन्ध निर्देशक चुडामणि काफ्लेले गरेका थिए । 

कर्पोरेशनको उद्घाटन कार्यक्रममा बिर्तामोड नगर निवर्तमान अध्यक्ष ध्रव शिवाकोटी, बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, इक्यान झापा अध्यक्ष रोशन सुवेदी, इक्यान झापा निवर्तमान अध्यक्ष मिलन ओलीलगायतको उपस्थिति रहेको थियो । 

कर्पोरेशनले जपानिज भाषाका जेएलपिटी, जेएफटी, एनएटी, जेसिआरटीलगायत बिभिन्न तहका कक्षाहरु सञ्चालन गर्ने, अंग्रेजी भाषाका आईइएलटिएस, पिटीई, टिओइएफएल, जिआरईलगायतका कक्षा सञ्चालन गर्ने बताइएको छ । 

त्यस्तै जापानिज–अंग्रेजी–नेपाली भाषामा अनुवाद, डकुमेण्टेशन लगायतका कामहरु, क्यारियर काउन्सेलिङ्ग, अन्तरवार्ता तयारी सम्बन्धि कक्षाहरु, काम खोज्नको लागि सहयोग, विभिन्न सेमिनार, कार्यक्रमहरुको माध्यमबाट, बैदेशिक रोजगार, बैदेशिक शिक्षा सम्बधमा सहि सुचनाहरु प्रवाह गर्ने, नेपाली कामदारहरुको बारेमा जापानमा बिज्ञापन गर्ने, उपयुक्त कामदारलाई उपयुक्त कामहरुको मिलान गराउने, बैदेशिक यात्रा पश्चातका सहयोगहरु र रोजगारदाता कम्पनी र रोजगार आवेदकहरुबिच परिचयात्मक कार्यक्रम, सेमिनारहरुको आयोजनालगायतको काम गर्ने बताइएको छ ।  

जपानमा कर्पोरेट अफिस भएको र जापान पठाउने मात्र नभएर जापान गइसकेपछि आईपर्ने समस्याहरुमा पनि सल्लाह, सुझाव र आवश्यक सहयोग गर्ने कर्पोरेशनले कार्य गर्ने जनाइएको छ ।

मुख्य गरेर जापानको काम गर्ने कर्पोरेशनले कोरिया, क्यानाडा, अमेरिकालगायत सवै मुलुकहरुमा जानेलाई बिभिन्न कक्षा, भाषा, तालिम र त्यहाँका रहनसहन, नियम, वातावरणलगायतका बिषयमा जानकारी दिदै जान समन्वय गर्ने प्रवन्ध निर्देशक चुडामणि काफ्लेले जानकारी दिए ।