झापा । 

बैदेशिक रोजगारका लागि साउदी अरेबिया पुगेका दुई नेपाली चेलीलाई उद्धार गरिएको छ । विगत केही महिनादेखि साउदीमा अलपत्र परेका उनीहरुको जानकारी प्राप्तसँगै समाजसेवी जेरी ताम्राकारको समुहको पहलमा साउदीबाट उनीहरुको उद्धार गरिएको हो ।

अलपत्र परेका हेटौंडाकी अस्मिता तामाङ र गोरखाकी कविता गुरुङको उद्धार गरिएको हो ।ताम्राकारलाई जिबेस बोहोरा र सेबिका आले मगरले साउदीमा तामाङ र गुरुङ अलपत्र परेको खबर दिएको बताइएको छ ।

ताम्राकारसहित यम तामु, मिलन मगर, हरि प्रसाद र एसबी तामाङको पहल तथा साउदीस्थित नेपाली दूतावासको सहयोगमा उनीहरुको उद्धार गरिएको हो । मंगलबार नै दुवै अलपत्र नेपाली महिला नेपाल फर्किएर उनीहरु आ–आफ्नो घर पुगिसकेको बताइएको छ ।