झापा । 

मलेशियामा देशिक रोजगारीका लागि गएका ६६ जना विदेशी कामदारलाई खराब बासस्थानको व्यवस्था गरेको आरोपमा मलेसियामा एक फर्निचर उद्योगी कारवाहीमा परेका छन् । 

वैदेशिक रोजगारीका लागि मलेशिया गएका २६ नेपालीसहित ६६ मलेसियाको सुङ्गाई रम्बाईमा रहेको फर्निचर कारखानाका सञ्चालकले विदेशी कामदारको कोटा सरकारी निकायबाट अनुमोदन नगराई नेपालीसहित अन्य विदेशी कामदारलाई दयनीय अवस्थामा राखेको पाइएको छ ।

मंगलबार प्रान्तीय स्वास्थ्य, मानव संशाधन मन्त्रालयले गरेको अनुगमनका क्रममा ३० बंगलादेशी, २६ नेपाली र १० जना म्यानमारका कामदारलाई मलेशियाका दुर्गम गाउँहरूमा हुने काठको कमजोर आवास जस्तो पनि नबनाई राखेको भेटिएको दि स्टार अनलाइनले जनाएको छ ।

अनुसन्धानका क्रममा दोषी पाइएमा रोजगारदातालाई ५० हजार मलेसियन रिंगेट जरिवाना गर्ने सरकारी कर्मचारीले बताएका छन् । अनुगमनमा सहभागी स्थानीय जिल्ला स्वास्थ्य कार्यालय (पीकेडी) ले विदेशी कामदारको बासस्थानमा लामखुट्टेको लार्भा, साङ्लो र मुसाको प्रजनन गर्ने ठाउँ पाइएको जनाएको छ । 

मलेसियामा विदेशी कामदारको उचित बासस्थानका बारेमा गैरसरकारी क्षेत्रबाट पटक–पटक आवाज उठेको भएपनि दुर्गममा काम गर्ने विदेशी कामदारको बासस्थानमा उचित प्रबन्ध हुन नसकेको जनाएको छ ।