झापा । 

आवास क्षेत्रमा म्यानपावर कम्पनीका लागि हटाउने उर्दी विरुद्ध मयनपावर ब्यवसायीहरु आन्दोलित भएका छन् । सामाखुसी क्षेत्रमा कार्यालय स्थापना भएका म्याननपावरका कार्यालय हटाउन महानगरपालिकाले जारी गरेको उर्दीको ब्यवसायीले विरोध गरेका हुन् ।

ब्यवसायीले ७ दिनभित्र कार्यालय हटाउनुपर्ने काठमाडौं महानगरपालिकाको उर्दीको प्रतिवाद गर्ने निर्णय गरेका छन् । बिहीबार काठमाडौं महानगरको गाडीबाट माइकिङ गदै उक्त क्षेत्रमा सञ्चालनमा रहेका म्यानपावर कम्पनीसहित उद्योगहरु ७ दिनभित्र स्थानान्तरण गर्न निर्देशन दिएको थियो । उक्त अवधिमा स्थानान्तरण नगरेमा कानूनी कारबाही गर्ने महानगरले चेतावनी दिदै माइकिङ गरेको थियो । 

ठूलो संख्यामा म्यानपावर कार्यालय सञ्चालनमा रहेको उक्त क्षेत्रमा कतिपय व्यवसायीले आफ्नै लगानीमा भवन निर्माण गरेका छन् भने कतिपयले लाखौं लगानी गरेर वर्षदेखि स्थायी कार्यालय स्थापना गरेका छन् ।

 बिहीबार भएको भेलाले सबैभन्दा पहिले गोंगबु आवास समिति, त्यसपछि वडाध्यक्ष हुँदै माथिल्लो तहसम्म छलफल गर्ने निर्णय गरेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका पूर्व अध्यक्ष तथा नौकरी नेपाल रिक्रुटमेन्टका सञ्चालक नरेन्द्रप्रसाद ढकालले जानकारी दिए । यता  पहिलो चरणमा दर्ता नभइ सञ्चालनमा रहेका उद्योग–व्यवसाय हटाउने योजनाअनुसार महानगरको टोलीले माइकिङ गरेको जनाएको छ ।