शिवसताक्षी । 

झापाको शिवसताक्षी नगरपाालिका–४ मा निर्माण सम्पन्न ‘झापा इनर्जी लिमिलेड’ उद्घाटन भएको छ । कोशी प्रदेशमै सौर्य परियोजना मध्येको ठूलो परियोजनाका रुपमा रहेको झापा इनर्जीको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार (आज) उद्घाटन गरेका छन् ।

झापा इनर्जी लिमिलेडले निर्माण गरेको १० मेगावाट क्षमताको ग्रीडमा जडित सौर्य विद्युत परियोजनाको हो । सौर्य ऊर्जा विद्युत परियोजना झापाको पहिलो विद्युत उत्पादन गृह हो । प्रतिनिधि सभा सदस्य एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैंया रहेको छ । निर्माण शुरु भएको दुई वर्षमा यो परियोजना सम्पन्न भएको हो ।

परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो ।परियोजनाबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुने बताइएको छ । जसलाई १२ करोड ८५ लाख रुपैंयामा विक्री गर्न सकिन्छ । परियोजनाको खरिद विक्री सम्झौता २५ वर्ष हुने बताइएको छ ।