बिर्तामोड । 

सरस्वती पूजाका अवसरमा झापाको बिर्तामोड–५ को सप्तक संगीत बिद्यालयले दुई जना श्रष्टालाई सम्मान गरेको छ । बिद्यालयले बुधवार (आज) बरिष्ठ संगीतकार तथा गायक विकास चौधरी र राष्ट्रिय शास्त्रीय गायन प्रतियोगितामा नेपाल प्रथम हुन सफल सोही बिद्यालयका प्रशान्त पोखरेललाई सम्मान गरेको हो ।

बिद्यालयले सरस्वती पूजाको अवसरमा श्रष्टा सम्मान तथा सांगितिक कार्यक्रमसमेत गरेको थियो । अभिभावक कुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ संगीतकार तथा गायक विकास चौधरीको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत सप्तक संगीत बिद्यालयका अध्यक्ष तथा संगीत गुरु सरोज वत्सले गरेको कार्यक्रमको सञ्चालन डा. कुमार सुवेदीले गरेका थिए । 

कार्यक्रममा अभिभावक कृष्ण सिग्देल, गोपाल खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । सो बिद्यालयमा मेनुका पौडेल, रचना रिमाल, कृपा पौडेल, रोशा फुयाँललगायत गायिकाहरुले गायन तथा संगीत सिकेको बताइएको छ ।