अर्जुनधारा । 

झापाको बिर्तामोडमा सञ्चालित स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । स्पाइनले अर्जुनधारा–३ स्थित खुदुनाबारीमा शनिवार गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ सय ५० वढी स्थानीयले सेवा लिएका थिए ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत विपन्नलाई निःशुल्क स्वास्थ्य शिविर गरिएको हस्पिटलका प्रवन्ध निर्देशक किशोर भुजेलले जानकारी दिए । स्पाइन हस्पिटलले स्थापनादेखि नै सामाजिक कार्यलाई निरन्तरता दिएको छ । 

स्वास्थ्य शिविरमा हस्पिटलले हार्डजोनी, स्त्रीरोग तथा बाँझोपन, पेट तथा सर्जरी, बालरोग, फिजिसियन, प्याथोलोजी, फिजियोथेरापीसहित ल्याव सेवा निःशुल्क प्रदान गरेको थियो । साथै शिविरमा निःशुल्क औषधीसमेत वितरण गरिएको थियो । 

सेवाग्राहीलाई हस्पिटलका डा. प्रेमबहादुर शाही, डा. ध्रवनारायण शाह, डा. केशवकुमार मण्डल, डा.अमरेन्द्रकुमार यादव, डा. मो.नौसाद अन्सारी र डा. यपसना कोइरालले सेवा प्रदान गरेका थिए । 

शिविरमा परिक्षण गराएका बिरामीलाई हस्पिटल आए पहिलो पटक ओपिडी सेवा निःशुल्क,  ल्याव टेष्टमा २० प्रतिशत र औषधीमा ७ प्रतिशत छुटसमेत दिइने हस्पिटलका प्रबन्ध निर्देशक किशोर भुजेलले बताएका छन् । हस्पिटलको आयोजनामा भएको स्वास्थ्य शिविरमा नेपाल रेडक्रम खुदुनावारी उपशाखा र सहयात्रा ग्रुप नेपालको सहकार्य रहेको थियो ।