बिर्तामोड । 

बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यानलबाट जनसम्पर्क उपाध्यक्ष पदको उम्मेद्वारी दिएकी गोमा भट्टराईले व्यवसायीहरुले नयाँ भिजन र नेतृत्व परिवर्तन चाहेको बताएकी छिन् । संघमा बर्षैदेखि एकलौटी नेतृत्व रहेको भन्दै उम्मेद्वार भट्टराईले यस पटक नेतृत्व परिवर्तन हुने बताएकी छिन् । 

भट्टराईले चुनावी प्रचारप्रसारका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अर्जुन मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायिक प्यानलले सवैलाई समेटेर नयाँ भिजनका साथ प्यानल खडा गरेर संघमा उम्मेद्वारी दिएको बताएकी हुन् । 

प्रगति पुस्तक भण्डार सञ्चालन गर्दै आएकी भट्टराईले बिभिन्न बाणिज्य र महिलाका क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभव आफुसँग भएको बताउँदै संघमा निर्वाचित भए त्यो अनुभवलाई आम व्यवसायीको हितमा प्रयोग गर्ने बताएकी छिन् । 

goma bhattarai

उनले आफुले जितेपछि स्थानीतह र बिषयगत संघसंस्थासँग समन्वय, सहकार्य र नेतृत्वदायि भुमिका खेल्ने प्रतिवद्धतासमेत गरेकी छिन् । उनले बैंकको चर्को ब्याजदर, कर र आर्थिक मन्दीका कारण थुप्रै युवा व्यवसायीहरु पलायन हुँदै गएको बताउँदै त्यसको समाधानका लागि पनि फोरमको आवश्यक पर्ने भएकाले संघमा उम्मेद्वारी दिएको बताइन् । महिला ब्यवसायीहरुका पनि धेरै समस्या रहेकाले त्यसलाई समाधान गर्न पनि आफ्नो उम्मेद्वारी रहेको जानकारी दिइन् । 

स्वतन्त्र ब्यवसायीक प्यानलमा नेतृत्वदायि भुमिका खेल्न सक्ने र बिभिन्न संघसंस्थामा नेतृत्व गरिसकेका बिज्ञ उम्मेद्वारहरु रहेकाले मतदातालाई सवैलाई जिताउनसमेत भट्टराईले अपिल गरेकी छिन् ।