लक्ष्मीपुर । 

नेपाल दशनामी समाज केन्द्रीय कार्यालय घरजग्गा व्यवस्थापनका लागि १३ लाख ३२ हजार ८२१ रुपैयाँ घोषणा भएको छ । समाजको केन्द्रीय कार्यालय घरजग्गा व्यवस्थापनका लागि आर्थिक स्रोत  संकलन गर्न मेचीमहाकाली अभियान अन्तर्गत लुम्बिनी प्रदेश भेलामा सोमवार उक्त रकम घोषणा भएको हो । 

समाजको केन्द्रीय उपाध्यक्ष  सुरेन्द्र  गिरीको अध्यक्षतामा कास दाङको घोराहीमा सम्पन्न भेलामा उपस्थिति दशनामी बन्धुहरुले उक्त रकम दिने घोषणा गरेका हुन् । लुम्बिनी  प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिमुलक सहभागीतामा भएको  भेलामा समाजका केन्द्रीय अध्यक्ष गोविन्दविक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा संस्थापक संरक्षक कृष्णकुमार गिरी, कार्यबाहक महासचिव अशोक गिरीको बिशिष्ट आतिथ्य रहेको थियो ।  त्यस्तै कार्यक्रममा केन्द्रीय सचिव सन्तोष गिरी, कोषाध्यक्ष भक्तबहादुर पुरी, सदस्यहरु एलबी गिरी, मझरे गिरी, केवल गिरी, झगु गिरी, मदन गिरी, वासुराम गिरी पूर्व सल्लाहकार, सदस्य लगायतको आतिथ्य रहेको थियो । सहयोग रकम हस्तान्तरण गर्ने दाताहरुले चाँडो भन्दा चाँडो केन्द्रीय कार्यालय निर्माण हुनुपर्ने बताउँदै त्यसका लागि आर्थिक योगदान गर्नु पर्नेमा जोड दिएका छन् । 

कार्यक्रमको सञ्चालन समाजका लुम्बिनी प्रदेश अध्यक्ष रेशमराज गिरीले गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने  केन्द्रीय पदाधिकारी, सदस्य, पूर्व पदाधिकारी र सल्लाहकारका तर्फबाट उक्त रकम प्रदान गर्ने घोषणा गरिएको हो । प्रदेश समिति र केही  जिल्ला समितिका तर्फबाट छलफल गरेर थप रकम उपलब्ध गराउने समेत बताइएको थियो । 

समाजको केन्द्रीय कार्यालय घर जग्गा व्यवस्थापनका लागि आर्थिक स्रोत  संकलन गर्न मेची महाकाली अभियान अन्तरगत गत फागुन ३ गते कोशी प्रदेश,  १७ गते बाग्मती प्रदेश, १९ गण्डकी प्रदेश र २१ गते लुम्बीनी प्रदेशकाको भेला सम्पन्न भएको छ ।  

त्यसैगरी फागुन २३ गते कर्णाली प्रदेशको भेला सुर्खेतमा र २५ गते सुदुरश्चिम प्रदेशको भेला महेन्द्रनगरमा सम्पन्न गर्ने कार्यतालिका रहेको छ । 

प्रदेश भेलामा घोषणा गरिएको रकम घर जग्गा ब्यवस्थापनका लागि कार्यन्वयनमा लैजान फागुन २७ गते चितवनमा केन्द्रिय कार्यसमितिको बैंठक बसी निर्णय गरिने कार्यबहाक महासचिव अशोक गिरीले बताएका छन् ।