झापा । 

झापाबाट बहुबिवाह र चोरी मुद्दामा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बहुबिवाह मुद्दाकी झापा शिवसताक्षी नगरपालिका ८ कि ३२ बर्षिया भद्रकला लकान्द्री र चोरी मुद्दाका बिर्तामोड नगरपालिका वडा नम्बर ३ का २७ बर्षीय सैदुल शेख छन् । 

लकान्द्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली भद्रपुर–१० चन्द्रगढीबाट पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराई आवश्यक कार्वाहिको लागि कारागार कार्यालय झापा चलान गरेको छ ।

त्यस्तै शेखलाई इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी बिर्ताबजारको संयुक्त प्रहरी टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनी ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।