झापा । 

झापाबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । ज्यान मार्ने उधोग मुद्दामा  उच्च अदालत इलामको फैसला भई सजाय तोकिएको फरार प्रतिवादीलाई प्रहरीले आइतवार पक्राउ गरेको हो । 

उनलाई पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नम्बर २ संगम टोलका २३ बर्षिय दिपक दियाली छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिइएको फैसला कार्यन्वयन टोली र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

पक्राउ गरिएको उनलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।