मोरङ ।

मोरङको सुन्दरहरैचा नगरपालिका–८  स्थित पूर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

सोमवार (आज) दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साईकल यात्री स्थानिय ७९ बर्षीय डम्बरुप्रसाद निरौलालाई ठक्कर दिदा घाईते भएका थिए ।

घाइते उनलाई उपचारको लागि बिराटनगर नोबेल अस्पताल पुर्‍याउना साथ  डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बसका चालक सुनसरीको धरान उप–महानगरपालिका–२० का बलबहादुर लिम्बुलाई  ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।