झापा ।

झापाको बिर्तामोड नगरपालिका डाँडागाँउ–८ बाट चोरीको मोटरसाइकलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमवार (आज) दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे १० प ३२०७ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–९ का १९ बर्षीय हरि गुरुङ रहेका छन् । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । मोटरसाइकलसहित पक्राउ परेका गुरुङको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।