झापा । 

झापाको गौरीगंज गाउँपालिका वडा नम्बर ६ कनचिरामा गएराती आगलागी हुँदा एउटा मोटरसाइकल जलेर नष्ट भएको छ । सोही स्थानका मजेबुल मियाँको इटाको वाल र टिनको छानो भएको भाञ्सा घरको चुलोबाट अचानक आगलागी हुँदा भान्सा घर सामान्य क्षति भएको छ भने भान्साघरमा राखेको मोटरसाइकल जलेर नष्ट भएको हो ।

मंगलबार राती २ बजेको समयमा आगलागी भएको थियो । आगलागीमा भाञ्सा घर भित्र राखेको बिआर ४११५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । मोटरसाइकल जलेर नष्ट हुँदा एक लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली गएर स्थानिय र प्रहरीको सहयोगमा राती २ः२० बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।