झापा । 

इलाका प्रहरी कार्यालय अनारमनीले भञ्सार छलेर नेपाल ल्याइएका बिभिन्न सामाग्री बरामद गरी  भन्सार कार्यालयमा बुझाएको छ ।

 प्रहरीले नियन्त्रण गरेको ९६ हजार ९९० रुपैयाँ बराबरको सामानहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा झापा पठाएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनी झापाको मातहतसमेतमा बिभिन्न स्थान र मिति समयमा भारतबाट भन्सार छलेर ल्याएको बेबारिस अवस्थामा रहेका सामानहरु मंगलबार भञ्सार कार्यालय पठाएको छ । 

संकेत तस्वीर