दुर्गापुर । 

यात्रुवाहक बसले बेहोस अवस्थामा झापाको कनकाई नगरपालिका ७ स्थित दुर्गापुरमा बुधवार (आज) बिहान झारेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

बुधवार बिहान करिव ११ बजेको समयमा दुर्गापुरको पश्चिम बस स्टेण्डमा एक नाम थर ठेगाना नखुलेको अन्दाजी २२ बर्षिय युवकलाई बेहोस अस्वथामा झारेको थियो । को १ ख ६०९८ नम्बरको साइमन यातायातको बसले अचेत अवस्थामा ती युवकलाई छाडेर हिडेको थियो ।

ती बेहोस अवस्थाका युवक धेरै बेरसम्म बस स्टेण्डमै अडेस लागिरहेको भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरि उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएको थियो । अस्पताल लैजादा त्यहाँ चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यात्रुलाई बेहोस अवस्थामा अलपत्र पारेर छाड्ने बसको वारेमा दुर्गापुर बजारमा रहेका सिसि टिभी फुटेजका आधारमा यात्रुबाहक बसको वारेमा थाहा भएको र उक्त बसलाई थप आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोस्ट म्याटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको प्रहरीले जनाएको छ ।