बिराटनगर ।

 सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान (निलम) चयन भएकी छिन् । बिराटनगरमा सम्पन्न महासंघको प्रथम महाधिवेशनबाट उदयपुरकी खान अध्यक्षमा चयन भएकी हुन् । नागरिकको सूचना पाउँने अधिकार स्थापनाका लागि उनी लामो समयदेखि अभियन्ताका रुपमा क्रियाशील छिन् । 

त्यस्तै उपाध्यक्षमा ओखलढुङ्गाका लीलावहादुर सुनुवार र झापाका इश्वरा तिवारी चयन भएका छन् । यता महा सचिवमा झापाका सुरेन्द्र भण्डारी चयन भएका छन् । उनी नेपाल पत्रकार महासंघ कोशीका कार्य समिति सदस्य हुन् भने इकोनोमिक मिडिया एशोसिएसन कोशीका महासचिव हुन् । त्यस्तै सचिवमा मोरङका पत्रकार सोनुकुमार दास र विनोद भण्डारी चयन भएका छन् । कोषाध्यक्षमा सुनसरीकी यमुना गुरागाई (योषा) चयन भएकी छिन् ।

त्यस्तै सदस्यहरमा जमुना विष्ट ताप्लेजुङ, कृष्णप्रसाद गौतम तेह्रथुम, रञ्जीता खड्का इलाम, धनचन्द्र दाहाल भोजपुर, प्रतिभा शाह उदयपुर, गार्डेन राई सोलुखाुम्बू, नारायण राई धनकुट्टा, मंगल वैध पाँचथर र सुजन बज्रचार्य संखुवासभा रहेका छन् ।  २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था अनुरुप बाँकी सदस्यहरु कार्यसमितिको बैठकबाट पछि थप गर्ने निर्णय भएको छ ।

बिराटनगरमा भएको महासंघको प्रथम अधिवेशनको उद्घाटन आन्तरिक तथा कानून मन्त्री सम्शेर राईले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राईले कोशी प्रदेशलाई सुचना मैत्री प्रदेशको रपमा विकास गरेर लाने बताएका छन् । उनले सूचनाको हक सम्वन्धि छुट्टै कानूनको ब्यवस्था गर्दै आगामी वर्षबाट सूचनाको हक नागरिक स्तरमा पु¥याउन प्रदेश सरकारले जनस्तरमा कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्थापन गर्ने बताएका थिए । 

कार्यक्रममा सहभागी कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले सूचनाको हक नागरिकको नैर्सगीक अधिकार भएकाले आम नागरिकलाई सूचनाको पहुँचमा ल्याउन प्रदेश सरकार लागि पर्ने बताइन् । उनले प्रदेश स्तरीय सूचनाको हकका विषयमा कानून बनाएर अघि बढ्ने प्रतिवद्धता जनाइन् । 

सूचनाको हकको लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद वागचन्दको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त महेन्द्रमान गुरुङले नेपालमा सूचनाको हकको अवस्थाका विषयमा प्रकाश पारेका थिए । 

कार्यक्रममा कोशी प्रदेशा महान्याधिवक्ता रुपेश कोइराला, आन्तरिक मामिला तथा कानून मनलयका सचिव लक्ष्मी पौडेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यवहाक अध्यक्ष लवदेव ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

महासंघका वरिष्ट उपाध्यक्ष तारा वहादुर भण्डारीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव अजयकुमार शाहले गरेका थिए ।