बिर्तामोड । 

मुस्लिम सेवा समाज बिर्तामोड नगर कमिटीले ५८ बिपन्न परिवारलाई खाद्यन्नसहित लता कपडा र विविध परिकार वितरण गरेको छ । समाजले झापाको बिर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका मुस्लिम दाजुभाईहरुको इद उत्सव रमाइलो बनोस भन्ने उदेश्यले बिपन्न परिवारलाई उक्त सामाग्री वितरण गरेको हो । 

बिर्तामोड नगरका १० वटै वडाका ५८  जना अति विपन्न, गरिब तथा असहाय मुस्लिम परिवारलाई  चामल, खानेतेल, चना, चिनी,  नुन, बेसार, मुरई र सेवई वितरण गरिएको  बताइएको छ ।

मुस्लिम सेवा समिति बिर्तामोडका अध्यक्ष धिमरोज महम्मदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सचिव प्रिन्स खानले मुस्लिम समुदायको महान पर्वमा विपन्न परिवारलाई सानो सहयोग गर्न पाउँदा आफुलगायत मुस्लिम सेवा समाज बिर्तामोड नगर कमिटीलाई आन्नदको अनुभूति भएको बताएका छन् ।

खाद्यन्न वितरण कार्यक्रममा मुस्लिम सेवा समाज बिर्तामोड नगर कमिटीका उपाध्यक्ष महम्मद सादिक शेख, शौकात शेख, महासचिव फरिद शेख, सचिव प्रिन्स शेख, उर्फ अनवर शेखले संयुक्त रुपमा सामाग्री वितरण गरेका थिए । 

मुस्लिम समूदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरु गरी एकआपसमा खुसी साटासाट गरेर इद पर्व मनाउने गर्छन् ।