उदयपुर । 

उदपुरको  कटारी नगरपालिका–१० मा रहेको प्रहरी चौकी सोरुङछविसे र उदपुरको ताप्ली गाउँपालिका–५ मा रहेको प्रहरी चौकी रुपाटारको नव निर्मित भवनको उद्घाटन भएको छ ।

 कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यमा दुवै भवन उद्घाटन गरिएको हो ।  कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठको अध्यक्षता र ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज बिश्वकर्माको अध्यक्षतामा भवन उद्घाटन गरिएको हो । 

कटारी–१० प्रहरी चौकी कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको १ करोड ६४ लाख ७३ हजार रुपैयो को लागतमा शहरी विकाश तथा भवन निर्माण कार्यालयले निर्माण सम्पन्न गरेको र ताप्ली–५ को प्रहरी चौकी शान्ति तथा पुन निर्माण मन्त्रालय, शान्तिकोषको १ करोड ११ लाख १८ हजार ४ सय ४९ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

उदघाटन कार्यक्रममा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु तथा प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न कार्यालय, संघ संस्थाका प्रमुख, स्थानिय समाजसेवी, बुद्धिजिवि तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।