बिराटनगर।

झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागूऔषध गाँजा र नियन्त्रित औषधीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको मेचिनगर नगरपालिका–१० मा लागूऔषध बेचबिखन भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको कैलाश गाउँपालिका–४ का २७ बर्षीय पासाङ जिम्बा र मेचीनगर–१० का  ५६ बर्षीय शम्भु राजबंशीलाई ६ किलोग्राम ६ सय २० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै मोरङको उर्लाबारी नगरपालिका–२ बाट इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ बर्षीय बिमला भुसाल र १७ बर्षीय कमल भुसाललाई नियन्त्रित औषधी ट्रामाडोल र स्पास्मिड  ५ सय ८० क्यापसुल सहित नियन्त्रणमा लिएको हो ।

लागू औषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय जनाएको छ ।