झापा । 

नक्कली सुन देखाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा विर्तामोड नगरपालिका वडा नम्बर ५ शनिश्चरे रोड बुद्धशान्ति गाउँपालिका –२ की ४५ बर्षिया सविता सिटौलालाई नक्कली सुन देखाएर ठगी गर्नेलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको जाल्पागुडी–४० सिलुगुढीका ५४ बर्षिय शेरबहादुर गिरी छन् । गिरीले आफुसँग काँचो सुन भएको र ६० हजार रुपैयाँमा दिने भन्दै ललाई फकाई सिटौलाबाट ६० हजार रुपैयाँ लिएर सिटौलालाई बिस्कुट जस्तो आकारको नक्कली सुन (टिल) दिई ठगी गरेको प्रहरीलाई उनले जानकारी दिएसँगै गिरीलाई प्रहरीले पक्राउ गरेको हो । 

पिडित सिटौलाले इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराउँना साथ प्रहरी टोलीले उक्त घटनामा संलग्न शेरबहादुर गिरीलाई बिर्तामोड–५ स्थित शनिश्चरे रोडमा फेला पारी नियन्त्रणमा लिएको छ । नियन्त्रण गरिएका गिरीलाई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।