बिराटनगर।

इलाम, ओखलढुंगा र उदयपुरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरुको मृत्यु हो ।

इलामको माङसेबुङ गाउँलिका–४ स्थित रबी–दमक सडक खण्डमा को ३७ प ९२८१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिव २५ फिट तल खसि दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाईकल चालक  भोजपुर खावाका ५७ बर्षीय महेशकुमार राईको मृत्यु भएको छ ।

घाइते राईलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

सोही दिन हिजो मंगलबार साँझ ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ मा लु ३ त ९९७४ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल झरी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका सिद्विचरण नगरपालिका–७ का २१ बर्षीय फुर्तेम्वा शेर्पाको घटना स्थलमै मृत्यु भएको थियो । घाइते ट्याक्टर चालक मोलुङ गाउँपालिका–२ का २५ वर्षीय अभय सुनुवारको सामुदायिक मिसन अस्पतालमा उपचार भइरहेको छ । 

त्यसैगरी राती १० बजे उदयपुरको उदयपुरगढी–७ स्थित मदन भण्डारी लोकमार्गमा  ग.१ ख ४७५३ नम्वरको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना हुदाँ घाइते भएका ट्रक चालक चितवन राप्ती नगरपालिका–६ का २८ बर्षीय सन्देश चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।