बिराटनगर ।

झापा र सुनसरीको छुट्टा–छुट्टै स्थानबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको  मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेक जाँचको क्रममा  भारतबाट नेपाल आउँदै गरेका ताप्लेजुङ फक्ताङलुङ–५ का २५ बर्षीय बिशाल लिम्बुको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।

त्यसैगरी सुनसरीको कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको  प्रहरी टोलीले चेक जाँचको क्रममा तीन जना पक्राउ परेका छन् । 

को. ३५प ५५३४ नम्वरको मोटरसाईकल चालक कोशी गाउँपालिका–१ का २३ बर्षीय सुभाष कुमार यादबलाई २८ ग्राम ब्राउन सुगरसहित र प्रदेश १–०२–०४७ प ४७६७ नम्बरको मोटरसाईकलमा सवार रहेका रामधुनी–३ का सबिन चौधरी, कोशी गाउँपालिका–१ का १९ बर्षीय  रन्जन कुमार यादवलाई १ ग्राम २० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।