बिर्तामोड ।

पारिवारिक निजी वन संघ नेपाल झापा शाखाको दोस्रो अधिवेशनबाट शेरबहादुर तामाङ निर्वाचित भएका छन् । बिहीबार  बिर्तामोडमा भएको दोस्रो अधिवेशनले  तामाङको अध्यक्षतामा १७ सदस्य कमिटी सर्वसम्मत निर्वाचित गरेको हो।

कमिटीको उपाध्यक्षमा मानबहादुर कार्की, सचिवमा भानुभक्त घिमिरे, उपसचिवमा कृष्ण चुडाल र कोषाध्यक्षमा विन्दा रेग्मी निर्वाचित भएका छन्।

त्यस्तै सदस्यमा इन्द्र राजवंशी, अम्बिका पाठक, कृष्ण भट्टराई,रोमननाथ दाहाल, भूपराज लुइटेल, दमन्ता कोइराला, हरिकृष्ण अधिकारी, खगेन्द्र गर्तौला, तारा बुढाथोकी, लक्ष्मी मैनाली, कमला घिमिरे, पिताम्बर राजबंशी र चेतनाथ राजबंशी रहेको छन् । 

निर्वाचित कमिटीलाई पारिवारिक निजी वन संघ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरीले सपथ ग्रहण गराएका थिए ।