बिर्तामोड ।
बिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले आइतवारदेखि पदभार ग्रहण गरेको छ। निर्वाचित भएको करिव दुई महिनापछि राजु न्यौपाने नेतृत्वको कार्य समितिले पदभार ग्रहण गरेको हो ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
२०८० फागुन १४ मा भएको निर्वाचनबाट न्यौपाने नेतृत्वको समिति निर्वाचित भएको थियो । संघका अध्यक्ष प्रकाश सिवाकोटीले नवनिर्वाचित अध्यक्ष न्यौपानेलाई पदभार सुम्पिएका हुन् ।
अध्यक्ष न्यौपानेले निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथ गराएका छन् । यसअधि निर्वाचन समितिका संयोजक नारायणप्रसाद पौडेलले अध्यक्ष न्यौपानेलाई सपथ गराएका थिए ।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकार विल्सन विक्रम राई, सञ्चारकर्मी विष्णुकुल श्रेष्ठ, व्यवसायी कुमार निरौलालाई सम्मान गरिएको छ ।
गत फागुन १४ गते सम्पन्न संघको निर्वाचनबाट अध्यक्षमा राजु न्यौपाने, बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्षमा विशाल थापा, बाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जन सम्पर्क उपाध्यक्षमा गोमा भट्टराई ,महासचिवमा कुशल खतिवडा, उद्योग सचिवमा पुकार बराल, बाणिज्य सचिबमा राजकुमार शाह, कोषाध्यक्षमा युवराज निरौला, सह–कोषाध्यक्षमा तिलोतमा खत्री निर्वाचित भएका थिए ।
![](/uploads/advertise/newtons add_1719832473.jpg)
त्यसैगरी सदस्यमा अनन्तलाल महत्तो, कृष्णप्रसाद बजगाई, केदार खनाल, डिल्लीराम कोईराला, दिनेश श्रेष्ठ, रमेश घिमिरे, सत्रुघनप्रसाद गुप्ता, सुशिलाकुमारी कार्की र शुस्मा उप्रेती सुवेदी निर्वाचित भएका थिए ।