झापा । 

 झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिराट आदर्श टोलबाट प्रतिबन्धित लागूऔषधसहित मंगलबार (आज) एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

हिडडुल गरीरहेका जिल्ला बैतडी दशरथचन्द नगरपालिका वडा नम्बर ८ त्रिपुरा सुन्दरीका अन्दाजी २५ बर्षिय रोशन थापालाई खैरो हिरोइनसहित पक्राउ गरिएको हो । 

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट खैरो हिरोइन ३९ ग्राम १० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।