झापा । 

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित पुर्व–पश्चिम राजमार्गमा बुधवार (आज) बिहान ५ः१८ बजेको समयमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प  ५००१ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो गाडी एक–आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए । 

मोटरसाइकलमा सवार मृत्यु हुनेमा कमल गाउँपालिका–४ बस्ने बर्ष २० को युनिश भण्डारी, सोही स्थानका १७ वर्षीय सरोज रेग्मी र मोटरसाइकल चालक २५ वर्षीय मौसम राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा परी तीनै जनाको टाउको, दुबै हात खुट्टा र शरिरको बिभिन्न भागमा चोट लागेर गम्भिर घाइते उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । घाइते तीनै जनाको उपचारको क्रममा आज बिहान ६ः४० बजे मृत्यु भएको भएको हो ।

मोटरसाइकल, बोलेरो र बोलेरो चालक इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको र मृतक तीनै जनाको नामथर वतन तथा आफन्तको पहिचान गर्ने कार्य भइरहेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।