बाहुनी । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बाहुनी सेवा केन्द्रको आयोजनामा एक दिने बाख्रा पालन तथा ब्यवस्थापना तालिम भएको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको नेपालकै नम्बर वान साकोसको बाहुनी सेवा केन्द्रले मोरङको बेलबारी बुधवार (आज) बाहुनीस्थित सामुदायिक भवनमा तालिम गरेको हो ।

तालिमको सहजीकरण पशु चिकित्सक राकेशकुमार झा र पशुचिकित्सक प्रशिक्षक सन्जिव यादबले गरेको कार्यक्रममा  ५३ जना बाख्रापालकको सहभागीता रहेको थियो । 

सोही कार्यक्रममा बाख्रालाई नाम्ले जुकाको औषधी र उन्नत जातका तरकारीको बिऊ निःशुल्क बितरण गरिएको सेवा केन्द्र प्रमुख उमेश भारतीले जानकारी दिए । त्यस्तै सदस्य रुक्मा बिश्वकर्माको मृत्युपछि उनको परिवारलाई ६५ हजार रुपैयाँ ऋण मिनाहसमेत गरिएको छ । उनका श्रीमान लाले बिश्वकर्मालाई उक्त रकमबापतको चेक हस्तान्तरण गरिएको थियो । 

सेवा केन्द्र सहयोग उप समिति संयोजक धनराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बेलबारी नगरपालिका वडा नम्बर ७ की वडाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश सलकपुर अनुगमन प्रमुख महेश तामाङले प्रस्ट पारेका थिए । कार्यक्रममा साकोसका जीवन बरदान कार्यक्रमका चक्र कार्की, सेवा केन्द्र प्रमुख उमेश भारतीलगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा कर्मचारी तोगिन्द्र घिमिरे, बिपेन्द्र यादव, रविनाकुमारी चौधरी, बिनिता चौधरी, प्रतिमा चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सेवा केन्द्र कर्मचारी पेशलकुमारी शर्माले गरेकी थिइन् ।