झापा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ पिपल चोकमा बिहीवार (आज) ४ बजेको समयमा आगलागी हुँदा २ लाख १० हजार रुपैयाँको क्षति भएको छ । 

मजनुर महमदको एलवेस्टर फल्स सिलिङको छाना भएको बाँस र टिनको टाँटी बेरा भएको भुइतले घरमा कोही नभएको अवस्थामा पश्चिम पट्टीको कोठामा विद्युत सर्ट भएर अचानक आगलागी भएको थियो । 

स्थानिय बासीहरुको सहयोगमा ५ः५० बजेको समयमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट  कोठामा रहेको सुन १ तोला, नगद ५ हजार भारतिय रुपैया, लत्ताकपडा, काठपात समेत जलि नष्ट हँुदा अन्दाजी २ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

आगलागीको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।