बिर्तामोड। 

प्रविधिको दुनियाँमा समाजलाई सशक्त उपस्थिति गराउने माध्यमका रुपमा प्रयोग गरिने कम्प्युटर सफ्टवेयरहरुको निर्माता कम्पनी प्रथम आइटी सिस्टमको ११औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।

शुक्रावार भएको अधिवेशनले लोकप्रिय खनालको अध्यक्षतामा रहेको पाँच सदस्यीय सञ्चालक समितिलाई नै थप २ वर्षको लागि सञ्चालक समितिमा निरन्तरता दिने निर्णय गरेको छ ।

कम्पनीले बिर्तामोडमा कर्पोरेट शाखा सञ्चालन गरी पूर्वका व्यवसायिक प्रतिष्ठान तथा वित्तीय संस्थाहरुलाई सेवा प्रवाह गरिरहेको छ । अध्यक्ष लोकप्रिय खनालले जानकारी दिए ।

 साधारण सभाको अवसरमा उत्कृष्ट वित्तीय तथा प्रशासनिक सेवा गरेकोमा शेयर सदस्यद्वय चैतन्यप्रकाश मैनाली र दिपेश पाठकले वित्तीय निर्देशक राजु श्रेष्ठलाई ५० हजार रुपैयाँको एडमिन एक्सेलेन्स अवार्ड र प्रमाणपत्र वितरण गरेका थिए ।