बितामोड ।

झापाको बिर्तामोडमा पहिलो पटक इन्टरनेशनल व्यूटीपार्लर ट्रेनिङ एण्ड सर्भिस सेन्टरको शाखा  सञ्चालनमा आएको छ । काठमाडौँमा मुख्य कार्यालय रहेको सेन्टरले बिर्तामोडमा ११ औं शाखाको रुपमा  सेवा बिस्तार गरेको हो ।  

शाखाको उद्घाटन शनिवार (आज) बिर्तामोड उद्योय बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, इन्टरनेशनल व्युटीपार्लर ट्रेनिङ एण्ड सर्भिस सेन्टरकी सीइओ पुनम लामिछाने, जिल्ला सहकारी संघका सञ्चालक सदस्य तथा धौलागिरी पारिजात सहकारी कार्यकारीका प्रमुख कृष्ण पौडेललगायतले संयुक्त रूपमा गरेका छन्् । 

ट्रेनिङ सेन्टरमा बेसिक, एड्मान्स, फूल व्यूटीसियन लगायतका कोर्ष अध्यापन हुने ट्रेनिङ सेन्टरकी सञ्चालिका सुमित्रा पनेरु (सुमी) ले जानकारी दिइन् । सेन्टरबाट विदेश जानेका लागि एक महिने विशेष कोर्ष सञ्चालन हुनेउनले जानकारी दिइन् । १५ लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको सेन्टरमा सञ्चालिका सुमीसहित पुष्पा थनेटले प्रशिक्षण दिने बताइएको छ ।

biuti

सीटीइभिटीबाट मान्यता प्राप्त सेन्टरमा फुल मेकअप हुनुका साथै हाइड्रा, आई ल्याबसेस एक्टेन्सन, नेलजेललगायतका सेवा उपलब्ध हुनेछ भने सिरम, क्रिम, स्किन केयरका सामानसमेत पाइने सञ्चालिका सुमीले बताएकी छिन् । 

कार्यक्रममा धौलागिरी पारिजात सहकारीका व्यवस्थापक मोहनप्रसाद पनेरु, बिर्तामोड उद्योग बाणिज्य संघका सह–कोषाध्यक्ष तिलोतमा खत्री, महिला उद्यमी संघकी उपाध्यक्ष यशोदा उप्रेती, व्यवसायी सुमित्रा भट्टराई, राधिका चुडाल, तुलसा ढकाललगायतको आतिथ्य रहेको थियो ।