झापा ।  

झापाबाट लागूऔषधका साथमा मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाह्रदर्शी गाउँपालिका वडा नम्बर ४ चकचकीका ३२ बर्षिय जफिर आलम रहेका छन् ।

बिशेष सुचनाको आधारमा शनिवार इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी गस्ति टोलीले मोटरसाइल रोकेर चेकजाँच गर्दा मोटरसाइकल चालक आलम पक्राउ परेका हुन् । 

झापा गाउँपालिका वडा नम्बर ५ पन्थपडास्थित हुलाकी राजमार्गमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प ५६४२ नम्बरको मोटरसाईकललाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा प्लाष्टिक बाहेक १६ ग्राम ब्राउन सुगर र नगद ११ हजार रुपैयाँसमेत फेला परेपछि आलमलाई प्रहरीले  नियन्त्रणमा लिएको हो । 

आलमलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएर उक्त बिषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।