झापा । 

झापामा लागूऔषध कारोबारीलाई नियन्त्रण गर्न खोज्दा गोली चलेको छ । झापा गाउँपालिका वडा नम्बर ३ कामाटोली स्थित अक्कल बहादुर बिश्वकर्माको घरको तेश्रो तल्लामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा कारोवारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रतिरक्षा स्वरुप प्रहरीले गोली चलाएको जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पछी नामथर वतन यकिन खुल्न आएका झापा गाउँपालिका वडा नं.४ स्थित खैरबारीका २५ बर्षिय  सरिफुल आलमलाई नियन्त्रणमा लिन खोज्दा उनले  आफ्नो साथमा रहेको दाउ र खुकुरीबाट प्रहरी माथी आक्रमण गर्न खोजेका थिए । 

प्रहरीले प्रतिरक्षा स्वरुप गोली चलाउदा उनको बाँया खुट्टाको तिघ्रा र पिडुलामा २ राउण्ड गोली लागेर घाइते भएकोपछि नियन्त्रणमा लिने क्रममा उनको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, दाउ थान १ र खुकुरी थान १ बरामद गरी तत्कालै उपचारार्थ प्रादेशिक अस्पताल भद्रपुर झापामा पठाई प्रहरीले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारीरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।