• कृष्ण हुमागाँई

जनताको सर्वसुलभ सञ्चार माध्यम र हर समयको साथीको रुपमा सर्वत्र सरकारी सञ्चार माध्यम रेडियो नेपालको बलियो पहुँच थियो पञ्चायती शासन कालमा ।राजाको प्रमुख नायकत्वमा चलेको पञ्चायती ब्यवस्थामा प्रेस स्वतन्त्रता नभएका कारण  पत्रपत्रिकाको बलियो पहुँ दूर दराजका गाउँघरमा थिएन ।  नेपाल टेलिभिजन त २०४१ सालतिर स्थापना भएको हो । ४० को दशकमा पत्रकारिता शुरु गरेका हामी जस्ता युवाहरु त्यसबेला पञ्चायत भितर र पञ्चायत इतरका रुपमा क्रियासिल थियौं । देशमा निरंकुश पञ्चायती सत्ता रहेसम्म देश र जनताको मुक्ति हुँदैन, देशको समग्र बिकास पनि हुँदैन । त्यसैले यो पञ्चायती ब्यवस्था फाल्न जनतामा चेतनाको दियो बाल्नु पर्दछ भन्ने मिसन प्रजातन्त्रवादी पत्रकारहरुमा थियो भने बामपन्थीहरु  पनि २०३६ सालको जनमतसंग्रह पछि पञ्चायती ब्यवस्थाको बिरुद्ध जनतालाई संगठित गरमउन लागेका थिए । जब नेपाली कांग्रेसको अगुवाइमा संयुक्त जनआन्दोलनका सर्वेच्च कमाण्डर गणेशमानसिंहको नेतृत्वमा बाममोर्च सम्मिलित भएर २०४६ सालमा आन्दोलन गर्ने निश्चय भयो तब प्रजातन्त्रवादी र बामपन्थी धारका पत्रकारहरु प्रजातन्त्रको पक्षमा र पञ्चायती सत्ताले पालेका सरकारी शाही पत्रकारहरु पञ्चायतको समर्थनमा प्रचारमा उत्रिए ।

सरकारी सञ्चार माध्यम र राज्यद्वारा पालित–पोषित पत्रकारहरु पञ्चायती सत्ताको रक्षामा तल्लिन थिए भने प्रजातन्त्र चाहने पत्रकारहरु जनताको पक्षमा अनेक दुःख कष्ट सहेर लेखिरहेका थिए । २०४४–०४५ तिर पत्रकारितामा प्रवेश गरेको म जस्तो २० – २१ बर्षको युवकलाई अग्रजहरुले जनतालाई स्वतन्त्रताको अधिकारबाट गराउने पञ्चायतको बिरुद्ध लाग्नुपर्छ भनेर सिकाउनु भएको थियो । झापामा पत्तचायतकालमा प्राय पत्र–पत्रिका पञ्चायत ब्यवस्थाप्रति समर्पित भएर निस्कन्थे । तर तारा बरालको सम्पादनमा २०४० सालदेखि चन्द्रगढीबाट प्रकाशित हुने साप्ताहिक बिचार पत्रिका  भने खुलेर बहुदलको पक्षमा लेख्दथ्यो । हामी त्यही पत्रिकामा काम गर्दथ्यौं । म (कृष्ण हुमागाँई) बिष्णु निष्ठूरी, कृष्ण धारावासी, भरत भूर्तेल, गोबिन्दचन्द क्षेत्री, रामनाथ बाँस्कोटा, धर्म गौतम, बिमल बैद्य, लोकराज ढकाल, लेखनाथ परदेशी, ज्ञानमणि भूर्तेल, प्रकाश बुढाथोकी, गोपाल सापकोटा, एसएल शर्मा रश्मिशेखरजीहरु साप्ताहिक बिचारमा आवद्ध थियौं । भरत भूर्तेलले पछि श्यामकृष्ण उपाध्यायको आलोक पत्रिका आफैं प्रकाशन गर्न थाल्नुभयो । बामपन्थी भएपनि माधव बिद्रोही पनि साप्ताहिक बिचारमा लेख्नुहुन्थ्यो । झापामा रहेर केन्द्र (राजधानी काठमाण्डौं)का पत्र–पत्रिकामा लेख्ने राष्ट्रपुकारमा सीके प्रसाई, केशव धिताल र डिकमान बिरही, राजेश ढुङ्गाना, देशान्तरका केशव आचार्य,  प्रकाशका चन्द्र भण्डारी, डा. ऋषिकेश उपाध्याय,  बिमर्शका कृष्ण दाहाल, भरत कोइराला, सन्तोष अग्रवाल, लक्ष्मण ढकाल, दृष्टिका माधव बिद्रोही लगायतका त्यसबेलाका बहुदल पक्षधर लेखक, पत्रकारहरुले प्रजातन्त्रको पुनर्वहालीका लागि कलम चलाएको पाइन्छ । द्रोणचार्य क्षेत्री, भवानी घिमिरे, चुडामणि रेग्मी, हिरा आकाश, सूय नेपाल, मिश्र बैजयन्र्ती लगायतका कवि लेखक साहित्यकारले समेत बहुदलीय ब्यवस्थाको पक्षमा जनतामा चेतना भर्ने कार्य गर्नुभएको पाइन्छ  ।

पञ्चायतको पक्षमा लागेर प्रजातन्त्रको बिरुोध गर्दै दलमाथिको प्रतिबन्ध हटाइनु हुदैन भनेर लेख्ने पञ्चायती ब्यवस्था समर्थक पत्रिकाको दवदवा त्यस समयमा पञ्चायत समर्थक सत्रिकामा काम गरेता पनि गञ्जबहादुर दाहाल, गोपाल गिरी, राजबाबु शंकरले भने प्रजातन्त्रको बिपक्षमा  आफूलाई प्रस्तुत गर्नु भएन भन एकमात्र सरकारी टेलिभिजन नेपाल टिभीका सम्वाददाता लक्ष्मी लुइटेल पनि बहुदलकै पक्षमा हुनुहुन्थ्यो । सरकारी  । अन्य पञ्चायत समर्थक र बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरुको चर्चा गर्नु यहाँ सान्दर्भिक नहुने ठानेर चर्चा गरिएन । बहुदलको पक्षमा कलम चलाउने भन्दा ठूलो संख्या पञ्चायत समर्थक पत्रकारहरुको थियो त्यसताका झापामा । पञ्चायत समर्थक पत्र पत्रिकाले सरकारी बिज्ञापन सुविधा सजिलै रुपमा पाउने, लोक कल्याणकारी सुविधा सहजै पाउने, पत्रिका पनि सेन्सर नहुने । तर प्रजातन्त्रवादीहरुले सञ्चालन गरेका पत्र पत्रिकाले पञ्चायती सत्ताबाट सेन्सर गराइरहनु पर्ने, सरकारी बिज्ञापन र सुविधा नपाउने, पत्रिका बेला बेलामा प्रतिबन्धित हुने अनि अदालतबाट प्रतिबन्ध फुकुवाको आदेश पाएपछि पुनः संचालन हुने अवस्था थियो ।

  • ०४६ अघि कस्तो थियो प्रविधि ?

२०४६ सालको जन आन्दोलन सफल भएर प्रजातन्त्रको पुनर्वहाली भए पश्चात २०४७ सालमा नेपाली काँग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बापन्थीहरु समेत सम्मिलत भएर अन्तरिम सरकार बन्यो । त्यो सरकारले संविधान निर्माण ग¥यो र २०४८ सालमा आम चुनाव भएपछि नेपाली कांग्रेसमा महामन्त्री गिरिजाप्रसाद  कोइरालाको नेतृत्वमा बनेको सरकारले पत्र पत्रिकालाई प्रतिबन्ध लगाउन नपाइने गरी छापाखाना तथा पत्र पत्रिका सम्बन्धी ऐन जारी ग¥यो । यो ऐन जारी भएसँगै नेपालमा संचारले उद्योगको रुपा लियो र संचारका नयाँ प्रविधिका मेसिन र उपकरणहररु भित्रिए ।

 नत्र पञ्चायतकालमा टेलिफोन पनि नगन्य स्थानमा मात्र थियो । भद्रपुर र दमकमा केही लाइन टेलिफोन बाहेक समग्र झापा संचार सम्पर्कबिहिन थियो । पत्रिका छाप्ने मेसिन पनि टेलर मेसिन भन्थ्यो, बिजुली जाँदा हातैले ठेलेर छाप्नु पर्दथ्यो । हातले समाचार लेखेर हुलाकबाट पठाउने वा नजिकै भए साइकल कुदाएर पत्रिकाको कार्यालयमा पु¥याउनु पर्दथ्यो । टाढालाई हुलाकबाट खामबन्दी गरेर पठाइन्थ्यो । छापाखाना पनि लेटर प्रेस हुन्थ्यो । सिसाका अक्षरहरु फलामको गेलीमा चाबीवाला स्टीक र सिसा अनि प्लाइकाठको लिडमा कम्पोज गरेर लिथोबाट प्रिण्ट निकालेर प्रुफ हेरिन्थ्यो । क्यामेरा पत्रकारहरुसँग बिरलै हुन्थ्यो । कसैको वा कार्यक्रमको फोटो छाप्नु प¥यो भने भारतको कलकत्ता वा पटना र काठमाण्डौं जिन्क ब्लक बनाउन पठाउनु पथ्र्यो । पछि भारतको सिलगढीमा फोटोको ब्लक बन्न थालेपछि भने आजको कार्यक्रमको ब्लक पर्सीको पत्रिकामा छाप्न सकिने भयो । सरकारी कार्यक्रमको र मन्त्रीहरुका फोटोको ब्लक भने सूचना बिभागले सबै पत्र पत्रिकालाई हुलाक मार्फत उपलब्ध गराउदथ्यो । सिसाको अक्षर केही बर्षमा पुरानो भएर लत्पत हुन्थ्यो, प्रष्ट बुझिंदैनथ्यो । त्यसपछि त्यो सिसालाई भारतको पटना वा कलकत्ता पु¥याएर नयाँ बिभिन्न डिजाइन र साइजका अक्षरहरु रिकाष्टिङ्ग गरेर ल्याइन्थ्यो । टेवलमा अक्षर राख्ने काठको कोठै कोठा भएको केशमा राखेर एक–एक अक्षर छानेर कम्पोज गरिन्थ्यो । ठूला पोष्टर पम्पप्लेट छाप्नु परेमा काठका ७२ र १०० पोइन्टका अक्षर जोडेर सिसाका क्यारेट, कोटेशन ब्लकमा अड्याएर चाबीले  फ्रेममा कसेर मेशिनमा राखेर छापिन्थ्यो । त्यो बेला पत्रिकामा पूर्णकालिन रुपमा काम गर्नेहरुले कम्पोज पनि गर्न आवश्यक थियो, र म पनि आफैं कम्पोजसमेत गर्दथें । अहिलेको जस्तो कम्प्युटरको  किबेर्डमा  कुन अक्षर काहाँ छ भनेर टाइप गरेजस्तो सजिलो थिएन । केशको प्वालमा कुन अक्षर कहाँ छ त्यो सम्झेर एक–एक अक्षरहरु टिपेर स्टिकमा मिलाउनु पर्दथ्यो ।

प्रजातन्त्रको पुनर्वहालीमा नेपाली प्रेसले अतुलनीय सहयोग गरेको भन्दै २०४७ सालमै कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले पत्र पत्रिका छाप्ने कागजमा सहुलियत प्रदान ग¥यो, नेशनल ट्रेडिङ्ग कर्पोरेशनबाट पत्र पत्रिकाले सहुलियतमा कागज किन्न पाए । नत्र पञ्चायतकालमा पञ्चायत समर्थकलाई पत्रिकालाई कागज खरिदमा सहुलियत माथि सुविधा थपिइ रहँदा प्रजातन्त्र पक्षधर पत्रिकाहरुले कागजका लागि भारतीय बजारमा निर्भर हुनुपर्दथ्यो । सानो बजार, सदरमुकाम भद्रपुर–चन्द्रगढी, दमक र धुलाबारी मात्र बजार थियो । बिर्तामोड यति ठूलो थिएन । २०४६ साल अघि बिर्तामोडमा एक लाइन टेलिफोन पनि थिएन । २०४६ पछि बाणिज्य संघले एउटा भिएचएफ टेलिफोन सेटबाट पिसिओ संचालनमा ल्यायो । त्यसबेला काठमाण्डौं फोन गरेको १५ रुपैयाँ मिनट र इलामको ७ रुपियाँ तिर्नु पर्दथ्यो । अमेरिका गरेको ३०० प्रति मिनटले लिन्थ्यो । आजा नेटबाट घण्टौं निःशुल्क कुरा गर्न सकिन्छ । आजको पुस्तालाई यो कुरा कथा जस्तो लाग्नसक्छ । तर यो यर्थाथ हो ।

  • आजको प्रविधि र पत्रकारिता

मुलतः २०४६ सालको परिवर्तन पछि नेपाली पत्रकारिताले ब्यवसायिक रुप धारण गरेको हो । २०४८ को छापाखाना तथा पत्रपत्रिका सम्बन्धी ऐनले पत्रपत्रिका प्रतिबन्ध नलगाउने प्रत्याभूति गरेपछि कान्तिपुर लगायतका निजी क्षेत्रमा सञ्चार माध्यमहरु, निजी टेलिभिजन र रेडियो स्टेशनहरु स्थापना भए । अहिले त डिजिटल मिडिया आएको छ । फ्याक्स, टेलिफोन, मोबाइल, कम्प्युटर, ल्यापटप, फोटोकपी, अफसेट प्रेस, डिजिटल कलर  प्रेस, हाइ रोजुलेसन डिजिटल क्यामेरा, इमेल, इन्टरनेट, आदिको सुविधाका कारण आज  डिजिटल मिडिया सबको हात–हातमा पत्र–पत्रिका, रेडियो र टिभी एकैसाथ छ । आज प्रविधिले पत्रकारलाई सजिलो जति बनाएको छ, त्यति नै अल्छि पनि बनाउदै लगेको छ । छापा माध्यमलाई प्रकाशन प्रविधि र बितरणको केही झण्झटिलो प्रक्रिया पार गर्नु पर्दछ भने रेडियो, टेलिभिजन र अनलाइन पोर्टलहरुलाई छापाको तुलनामा धेरै सजिलो भएको छ, निमेशभरमा संसारभर आफनो उत्पादनलाई पठाउन र पढाउन सजिलो भएको छ । पर्याप्त सवारी साधनको सुविधा नहुँदा पनि हिजाका दिनमो धेरै पत्रकारहरु फिल्डमा खटिन्थे, तर आज एउटाले दुःख गरेर संकलन गरेको सामग्री फुटेज, फोटो वा टेक्स नै कपि गरेर, केही मोडिफाई गरेर अर्कोले पस्किरहेको पाउँछौं । यसले फिल्डमा खटने पत्रकारको संख्या घटाएको छ । प्रविधिको प्रयोग गरेर घर– अफिसमै बसेर पनि समाचार संकलन र सम्प्रेषण गर्न सकिने अवस्थाले जति सजिलो बनाएको छ, त्यति नै जनसम्पर्क र धरातलीय यर्थाथलाई बुझ्न झन् कठिन हुँदै गएको छ । आफू फिल्डमा नगएपछि अरुले संकलन गरेको सामग्री कति सही या गलत भन्ने कुरा फिल्डमा नजाने पत्रकारले छुट्याउन, खुट्याउन सक्ने कुरै भएन ।

आज ब्यवसायिक पत्रकारिताका नाममा कर्पोरेट हाउसको स्वार्थमा संचार माध्यम परिचालित र प्रयोग भएको अवस्था छ । हिजोका दिनमा मिसन प्रजातन्त्र, मानव अधिकार, न्याय, समानता र स्वतन्त्रता थियो । आज मिसन पैसा कमाउ, ब्यवसायिक पत्रकारिता भनेको ब्यापार गरेर पैसा कमाऊ  भने जस्तै हो भन्ने भाष्य निर्माण गर्न खोजिदैछ । बिभिन्न स्वार्थ समूहले बिभिन्न उद्योग खोल्ने, त्यही समूहले बैंक, लघुवित्त, इन्सुरेन्स कम्पनी र मिडिया हाउस सञ्चालन गर्ने अनि मिडियाको आडमा ठेक्कापट्टा, बन्द ब्यापार, उद्योग कलकारखानमा गरे भएका गडबडीलाई ढाछोप गर्ने । मिडियाको बलमा राजनीतिलाई मलजल गर्ने, स्वार्थ समूहले जाताले गाँस काटेर जोगाएर राखेको बचत रकम अनाधिकृत रुपमा पैसा अपचलन गरेर मिडियाका नाममा जनताको पैसामा दाँई गरेको तथ्यहरु एकपछि अर्को गर्दै पटाक्षेप हुँदै गरेको अवस्था छ अहिले । पत्रकारितमाा पैसावाला र पहुँचवालको  मात्र बोलवाला हुँदै गएको छ । धनीले सानो कुरा गरेपनि समाचार बन्ने तर गरीबले ठूलै काम गरेपनि, आत्मनिर्भर हुँदै स्वरोजगारी भएर गरीबीबाट मुक्ति पाएपनि त्यो कमै मात्र समाचार बन्ने गलत परिपाटीको बिकास गर्न खोजिदैछ । गरीबले भोग्नु परेका जिवन यापनका समस्यामा कलम चल्न कम भएको छ । गरीबीले देश बिकासमा पारेको बाधा र गरिबी निवारणका उपायहरुका बिषयमा कसैले आफ्नो वा परिवारका सदस्यको जन्म दिनमा प्रचारका लागि कुनै संस्थालाई प्रदान गरेको ५ । १० हजार रकमको समाचारले प्राथमिका पायरहेको देखिरहेका छौं हामी वर्तमानमा ।

धनीमानीले आफना, बाउ–बाजेका तिथि सरादमा पशुपंक्षीलाई सडेगलेका खानेकुरा बितरण गरेका र केही छिमेकीलाई बाँडेको प्रसादी र केही सामान्य दान दातब्यको समाचार बन्ने तर गरीबले गरेको श्रमदान अनि गरीबको घरको चुल्हो नबलेर तिनका छोरा–छोरी भोकै सुत्न परेको पीडाको कथाले स्थान नपाउने, गरीबको झुपडीमा बर्खामा पानी चुहिएर अनिदै रात गुजारेको पीडालाई वास्ता नगर्ने, मिटर ब्याजी साहु र बंैकरको ठगीमा परेर उठिबास लागेका मानिसहरुको वेदनाले स्थान नपाउने हामी कस्तो पत्रकारिताको अभ्यास गरिरहेका छौं ? हुनेखानेले  गरेका पत्रकार सममेलनमा बाडिने खामको पछि दोडिएको हाम्रो पत्रकारिता कहाँ पुगेर रोकिने हो ? पैसा नहुनेका कार्यक्रममा पत्रकार आउँदै आउदैनन् । यो संसार धनी पूँजीपति वर्ग र तस्कर माफियाकै भयो । यो लोकतन्त्रमा गरीबको झन् हुर्मत भयो भन्ने जनगुनासो चुलिएको तर्फ अब पत्रकारका आँखा र कान खुल्नुपर्छ । पत्रकारिता एउटा सामान्य पेशा ब्यवसाय मात्र होइन । यो पेशा देश, समाज र जनताको हितकाप्रति संवेदनशिल भएर गरिने निष्ठापूर्ण  बिवेकशिल कार्य पनि हो, यसले न्याय, समानता, स्वतन्त्रता र जनहितको पक्षमा आफूलाई उभ्याउनै पर्दछ । अरु पेशामा बुद्धि लगाउँदा हुन्छ, तर पत्रकारितामा बिवेक भन्ने कुराले ठूलो महत्व राख्दछ । अरुमा नाफा, फाइदा मात्र हेरिन्छ । तर पत्रकारितामा मैले गरेको पत्रकारिताले यो देश, समाज, र जनताको उन्नति प्रगतिमा के योगदान दियो भन्ने कुरालाई ख्याल गर्नु आजको पत्रकारिताको परम कत्र्तब्य र दायित्व पनि हो । यस कुरालाई आजको दक्ष, प्रश्क्षिित र प्रविधिमा निपुण पत्रकार साथीहरुले गम्भिरतापूर्वक ध्यान दिइदिए हुन्थ्यो जस्तो लाग्दछ । लेखक हुमागाँई नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सभापति  हुन । ९८५२६७२७५५