झापा ।  

झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७ मा करेन्ट लागेर एक बालकको  मृत्यु भएको छ । सोमवार १२ बजेको समयमा बालकलाई करेन्ट लागेको थियो । 

शिवसताक्षी–७ का सुनिल राजवंशीको अन्दाजी १८ महिनाका छोरा खेल्ने क्रममा  पानी तान्ने मोटर चलिरहेको अवस्था करेन्ट लागि घाइते भएका थिए । 

घाइते बालकलाई उपचारका लागि विर्तासिटी अस्पताल विर्तामोड लगेर डाक्टरले चेकजाँच गर्दा मृत्यु  भएको प्रहरीले जनाएको छ । शवलाई सोमवार ५ः५५ बजेको समयमा सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।