झापा । 

झापाको कनकाई  नगरपालिका वडा नम्बर २ की एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । कनकाई–२ का रबिन श्रेष्ठकी श्रीमती अन्दाजी २३ बर्षिया मिना श्रेष्ठ आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो । 

आइतवार (हिजो) साँझ ६ः४५ बजेको समयमा करेन्ट लागेर घाइते बनेकी मिनालाई आफन्तले उपचारको लागि वीएण्डसी अस्पताल बिर्तामोड लगेका थिए ।

अस्पताल ल्याई पुर्‍याउदा मृत्यु भएको थियो । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।