हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ स्थित झड्कनबस्तीमा एउटा अजिङ्गर फेला परेको छ । झड्कन बस्तीका लक्ष्मीप्रसाद पौडेलको कुखुराको खोरमा आज (मंगलबार) बिहान अन्दाजी तीन मिटर लम्बाईको अजिङ्गर फेला परेको हो ।

अजिङ्गरले पौडेलको कुखुरा खोरमा रहेको एउटा भाले कुखुरा र १४ वटा अण्डा खाएको बताइएको छ । हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापा र जलथल प्रहरी चौकीका इन्चार्जको रोबहरमा स्थानीयले उक्त अजिङ्गरलाई बनमा लगेर छोडिदिएको छन् ।  

अजिङ्गरलाई पाथिभरा कालिका सामुदायिक बन र हरियाली सामुदायिक बनको बिच सिमानामा लगरे छोडिदिएको हल्दीबारी–४ का वडाध्यक्ष थापाले जानकारी दिएका छन् ।