झापा ।  

झापाका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराती १०ः४५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर १२ माथिल्लो धाइजनस्थित मेची लोकमार्गमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । 

चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्वरको स्कुटिले हाईवेको बाँया साईडमा बिग्रिएर रोकि राखेको को १ च ७२६४ नम्वरको बोलेरो पिकअपलाई ठक्कर दिदा दुर्घटना भएको थियो । 

दुर्घटनामा स्कुटी चालक बुद्धशान्ति गाँउपालिका–५ अन्दाजी २५ बर्षिय लीलाप्रसाद ढुङगेल र  सोहि स्कुटिमा पछाडि सवार तत्काल नाम थर वतन नखुलेका ईलामको रोङ गाँउपालिका वडा नम्बर –५ बहुवनका अन्दाजी २९ बर्षिय चेतन रिजाल भनेर मृतकको भेना टंकप्रसाद निरौलाले जानकारी दिएको प्रहरीले जानकारी दिएको छ । 

उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोड झापामा आई पुगेपछि पहिचान खुलेको अस्पतालमा गएराती ११ बजेनै चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेको जनाइएको छ । 

स्कुटी र बोलेरो पिकअप गाडी प्रहरी चौकि चारआलीको नियन्त्रणमा रहेको छ भने  बोलेरो पिकअप चालक सम्पर्कमा नभएकोले खोज तलास कार्य भइरहेको बताइएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।