झापा ।  

झापाको दमक नगरपालिका वडा नम्बर ४ बाट लागू औषधसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । दमक–४ का ४८ बर्षिया गायत्रा गौतमले लागूऔषध विक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा उनलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो । 

लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कानुनी रित पुर्याएर उनको शरीर तथा घर कोठाहरु खानतलासी लिदा गौतमले बट्टा भित्र लुकाई राखेको प्रतिबन्धित लागूऔषध खैरो हिरोइन ९ ग्राम ५३० मिलिग्रामसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै  उनी सुत्ने बेडको सिरानी मुनी राखेको बिभिन्न दरका नेपाली नोटहरु ३ लाख ३६ हजार ४०० रुपैयाँ र मोवाइल १ थान फेला परेकोले नियन्त्रण लिएर इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।