बिर्तामोड।

 बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा ‘लागूऔषध  दुर्व्यसन ओसारपसार तथा नियन्त्रण’ बिषयक सचेतना मूलक तालिम सम्पन्न  भएको  छ ।  नारी संचार गृह झापाको आयोजना तथा बिर्तामोड ५ को आर्थिक सहयोगमा सम्पन्न तालिममा बिर्तामोडका देवी माविका  बिद्यार्थीहरु सहभागी गराइएको  थियो।

नारी संचार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता र बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य रहेको  सचेतनामुलक कार्यक्रमको उद्घाटन गर्दै   प्रमुख अतिथि प्रसाईंले पछिल्लो समय बिर्तामोड क्षेत्रमा पनि लागू ओैषध दुव्र्यसनको असर र बालबालिकाको संलग्नता बढेको  देखिएको बताउँदै चिन्ता व्यक्त गरे । 

भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकालाई लागू  ओैषध दुर्व्यसनबाट बचाउनु सबैको दायित्व रहेको उल्लेख गर्दै बालबालिका पनि सचेत हुन आग्रह गरे ।  ।कार्यक्रममा विद्यालयका शिक्षक युवराज ढकालले पनि आफ्नो धारणा राखेका थिए । 

तालिमको इलाका प्रहरी बिर्तामोडका प्रहरी निरीक्षक नरेश लिम्बु र  सञ्चार गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालले  सहजीकरण गरेका थिए ।  तालिममा बिद्यार्थीहरुलाई लागुऔषध के हो ? किशोर किशोरीहरु कसरी दुर्व्यसनीमा फस्न  पुग्छन् ? फसेकाहरूलाई कसरी बाहिर निकाल्न सकिन्छ ? लगायतका  बिषयमा जानकारी दिइएको थियो ‌।  

कार्यक्रम संयोजक दिपा पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव ज्योस्ना श्रेष्ठले गरेको आयोजक संस्थाकी सदस्य सञ्जु शिवाकोटीले जानकारी दिइन् ।  

विद्यालयका प्रधानअध्यापक अम्बिका श्रेष्ठ, आयोजक संस्थाका पूर्व अध्यक्ष अम्बिका भण्डारी, सल्लाहकार इन्दु पूर्वेली, लीला खनाल लगायतको उपस्थिति रहेको कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक नरेश लिम्बूले लैङ्गिक हिंसा तथा चेलिबेटी बेचबिखनको अवस्था र  कानुनी व्यवस्थाबारे जानकारी दिएको बिनिशा शर्माले  बताइन् ।