झापा । 

बैंकिङ कसुर  मुद्दामा १६ लाख रुपैयाँ जरिवाना र एक महिना कैद सजाय भएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको । झापा जिल्ला अदालतको मिति २०८०/१२/१४ गतेको फैसला अनुसार फरार रहेका प्रतिबादीलाई प्रहरीले आज (आइतवार) पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका वडा नम्बर ५ का ४० बर्षिय बिष्णु कुमार ( पाचकोटी ) दर्जी रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ गरिएका उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र अदालतको आदेश अनुसार कैद भुक्तानको लागि  जिल्ला कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

। प्रतिवादी दर्जीले  पिडित राहत कोषमा ६४ हजार रुपैयाँ क्षतिपुर्ति शुल्क जम्मा गर्नुपर्ने प्रहरीले जनाएको छ ।