झापा । 

झापाको दमक नगरपालिका वडा नम्बर ३ मावापुलस्थित दमक–मिक्लाजुङ सडक खण्डमा भएको सवारी दुर्घटननमा एक जनाको मृत्यु भएको छ । 

गएराती १०ः५० बजेको समयमा दमक मिक्लाजुङ सडक खण्डमा मधुमल्लबाट दुम्सेतर्फ आउँदै गरेको मे ५ प ९७३१ नं. को मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना दुर्घटना भएको थियो । 

दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.१ घर भई  दमक–५ मा डेरा गरी बस्ने २२ बर्षिय सगुन राईको अनुहार र घुडामा चोट लागेको थियो । घाइते उनलाई उपचारको लागि आम्दा अस्पताल खरखरे दमकमा ल्याएको र ११ः३५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

 लाश तत्काल सोही अस्पतालमा रहेको, मोटरसाइकल प्रहरी चौकी बाघखोरको नियन्त्रणमा सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।