झापा । 

चक्कु प्रहार गरी घाइते बनाएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ति गाँउपालिका वडा नम्बर ३ घर भई  विर्तामोड नगरपालिका वडा न.३ मा डेरा गरी अन्दाजी २८ बर्षिय  बरूण धिमाललाई प्रहरीले पक्राउ गरेको हो । 

धिमालले सुनसरी साबिक इटहरी नगरपालिका वडा नम्बर ८ घर भई बिर्तामोडको विनिता ढकालकै घरमा डेरा गरि बस्ने अन्न्दाजी ७० बर्षिय काशिनाथ गौतमलाई पेट, र शरिरको बिभिन्न भागमा तरकारी काट्ने चक्कुले प्रहार गरी घाईते बनाई फरार रहेका थिए । 

उनले गत जेठ ६ गते राती अन्दाजी ८ः३० बजेको समयमा गौतमलाई चक्कु प्रहार गरेर घाइते बनाएर फरार रहँदै आएका थिए । धिमालको  खोजतलाश गर्ने क्रममाशनिवार झापा बुद्धशान्ति गाँउपालिका वडा नम्बर ३ पुल चौकबाट स्थितबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनलाई इलाका प्रहरी कार्यालय अनारमनी झापाले झापा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धानगरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।